आज जङ्गबहादुर राणाको जन्मदिन

काठमाडौं, ७ असार । आज जङ्गबहादुर राणाको जन्मदिन । वि.सं. १८६७ मा जङ्गबहादुर राणाको जन्म भएको थियो । बाल्यकालमा उनको नाम विरनरसिंह कुँवर थियो । गोर्खाको बोर्लाङमा जन्मिएका उनी राणा शासनका शुरुवातकर्ता थिए ।जङ्गबहादुरले कोतपर्व मच्चाएर हिंसाबाट सत्ता कब्जा गरेको इतिहासमा उल्लेख गरिएको छ । तर, उनले सुधारका धेरै काम गरेका थिए । सती प्रथा उन्मुलनमा उनले शुरुवाती भुमिका निभाएका थिए । मुलुकी ऐन ल्याउने उनै थिए ।जङ्गबहादुर कुशल कुटनीतिज्ञ थिए । उनी बेलायत पुग्ने पहिलो एशियाली शासक थिए । बेलायत, फ्रान्स र इजिप्टको भ्रमण गरी फर्किएका थिए । त्यसपछि देशमा धेरै सुधार कार्यहरु गरे ।जङ्गबहादुरले लखनऊको सिपाही विद्रोह दबाएर भारतमा त्यतिबेला शासन गरिरहेको बेलायती शासकलाई सघाएवापत बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका अलावा तराईका केही भु-भाग फिर्ता लिन सकेका थिए । जङ्गबहादुर राणापछि नेपालका कुनैपनि शासकले नेपालको भुमि विस्तार गर्न सकेको छैन ।जङ्गबहादुरको अझै श्राद्ध गरिन्छ । सरकारले नै उनको श्राद्ध गर्ने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation