अर्घाखाँचीमा ७४ थपिएसंगै २३९ संक्रमित ,३ को मृत्यू ७ सयको नतिजा आउनै बाँकी

अर्घाखाँचीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार अर्घाखाँचीमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।भूमिकास्थान नगरपालिकाका ९ जनामा शुक्रबार नै संक्रमण पुष्टि भएको जानकारी आएको र संक्रमितको सो तथ्यांकलाई मन्त्रालयले आइतबार सार्वजनिक गरेको बताइएको छ ।आइतबार संक्रमित पुष्टि हुनेमा मालारानी गाउँपालिकाका ४९, सन्धिखर्क नगरपालिकाका १० र छत्रदेव गाउँपालिकाका ६ जना गरी कुल ६५ जना छन् ।
 यससँगै अर्घाखाँचीमा संक्रमितको कुल संख्या २३९ जना पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किसकेका छन् ।अर्घाखाँचीमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ । जसमध्ये आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।अर्घाखाँचीमा कोरोना परीक्षणका लागि १ हजार ६३० जनाको स्वाबको नमुना संकलन गरिएकोमा ७ सय जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation