रेड जाेन सुचीबाट हट्यो कपिलवस्तु, स्वाब संकलन भने सुस्त

कोरोनाको केन्द्र बनेको कपिलवस्तुमा ढेड महिना मै संक्रमितको संख्या सात सय नाघेको छ । कपिलवस्तुमा आईतबार थप २५ जना कोरोना संक्रमित फेला परेसंगै जिल्लामा संक्रमितको संख्या ७ सय ३ पुगेको हो । भेटिएका संक्रमित वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाका रहेका छन् । आईतबार वाणगंगा नगरपालिकामा ११ जना र कपिलवस्तु नगरपालिकामा १४ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । गत वैशाख २५ गते मायादेबी गाउपालिकामा पहिलो पटक २ जनामा संक्रमण देखिएको थियो ।
जिल्लाको कुन पालिकामा कति  
जिल्लाको दुई पालिकामा कोरोना संक्रमिको संख्या सय नाघेको छ । यशधोरा र महाराजगंजमा सय बढी संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको १० वटै पालिकामा कोरोना संक्रमित भेटिएका छन्। सबै भन्दा बढी यशोधरामा १ सय ६८, महाराजगंजमा  १ सय २२ संक्रमित भेटिएका छन ।  मायादेबीमा ७५, शिवराजमा ६९, कृष्णगनरमा ७१, सुद्धोदनमा ३६, कपिलवस्तु नपामा ५२, बुद्धुभूमीमा ३४, बिजयनगरमा ३१ र बाणगंगामा ४५ संक्रमित भेटिएका छन ।
खतराको सुचीबाट हटेया कपिवलस्तु, १ सय ७० जना मात्र एक्टिभ केस  
कपिलवस्तु कोरोना संक्रमितको खतराको सुचीबाट हटेको छ । २ सय बढी कोरोना संक्रमितको एक्टिभ केस भेटिएका जिल्लालाई सरकारले कारोनाको खतरा स्ुचीमा राख्ने गरेका छ । जिल्लामा पाँच सय ३२ जना कोरोनामुक्त भएका छन्। अहिले एक सय ७० जना मात्र कोरोनको एक्टिभ केस भएको जिल्ला स्वास्थय  कार्यालका कोरोना फोकल पर्सन कुमार थापाले जनाएको छ । नया निर्देशिका अनुसार संक्रमित भेटिएका ब्यक्तिहरूलाई १४ दिन आइसोलनेमा राख्दा पनि कोरोनाको लक्षण नदेखिए बिना जाँच घर जाने नियम बनाईएको छ । त्यही नियमका आधारमा धमाधम संक्रमितहरूलाई घर पठाईएको छ । बिना जाँच संक्रमितलाई घर पठाउँदा समाजमा त्रास फैलिए पनि सरकारी निर्णय अनुसार संक्रमितलाई छाडिएको हो ।
सुस्तायो स्वाब संकलन  
नया निर्देशिका जारी भए यता कपिलवस्तुमा परीक्षणको गति सुस्ताएएको छ । सरकारले गत जेठ २४ गते नयाँ निर्देशिका जारी गरे यता पिसिआर, आरटिडी परीक्षण सुस्त गतिमा चलेको छ । संक्रमितहरूसंग संम्पर्कमा रहेको व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ कार्य समेत रोकिएको छ । पाच सय बढी संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । आईतबार सम्म सात हजार ३६८ जनाको स्वाब संकलन गरिएकोमा चार सय २९ जनको मात्र रिपोर्ट आउन बाँकी छ । यस्तै १२ हजार ५० जनाको आरटिडी टेस्ट गरिएकोमा एक हजार चार सय जनाको रिपोर्ट पोजेटिभ आएको छ । अहिले क्वारेन्टिनमा ८ सय ४९ जना मात्र छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation