प्रदेश सभा सदस्य नेपालकाे सकृयतामा कपिलवस्तुमा कराेडाैका याेजना

कपिलवस्तु – प्रदेश सभा सदस्य रिना नेपाल वि.क को पहलमा कपिलवस्तुका विभिन्न स्थानमा करौडाका योजना स्वृकित भएका छन् । प्रदेश नं ५ को बजेट भाषण वाट पारित भई आर्थिक वर्ष २०७७।७८ को उत्त योजनाहरु संचालन हुने भएका छन् ।  जिल्लाको विकासको लागी मुख्य मन्त्री तथा सरोकारवालाहरु संग नियमित सहकार्य र योजना पेश गरि प्रदेश सभावाट योजना पारित गराएको नेपालले बताउनु भएकाे छ ।
महाराजंगज नगरपालिकामा बजार क्षेत्रमा सडक निर्माण तथा नालि निर्माणको लागी १ करोड ५० लाख , महांराजगज देखी हर्दौना सडक स्तरउन्नोतीको लागी २ करोड ५० लाख ,यशोधरा गाउंपालिकाको पुर्व भडेहर देखी मायादेवी गाउंपालिका सिमा सम्म सडक निर्माणको लागी ३५ करोड रकम समेत विनियोजन भएको छ । यशोधरा गाएंपालिका ८ मा स्यालो ट्वेल जडानको लागी ८ लाख पनि विनियोजन भएको प्रदेस सभा सदस्य नेपालले बताउनु भयाे ।
त्यस्तै कपिलवस्तु नगरपालिकाको तौलिहवा स्थित तौलेश्वर नाथ सस्कृत माविको अधुरो भवनको लागी १० लाख ,तौलिहवाकै वाल मन्दिर भवन निर्माणको लागी २० लाख रकम विनियोजन भएको छ । उता बुद्धभुमी नगरपालिका वडा नं १० मा रहेको राष्ट्यि मावि चेतरादेहीको अधुरो भवन निर्माणको लागी १० लाख, नेपाल  राष्ट्रिय दलित समाज कल्याण संग अधुरो भवन निर्माण वाड नं,२ वरदहवा तौलिहवाको लागी १० लाख , राम लक्ष्मण मन्दिर ताल सौन्दर्य संरक्षण वडा नम्बर ३ बुद्धभूमिलाई १० लाख विनियोजन भएको छ ।
जिल्लाको विकासका लागी अन्य सामाजिक तथा सचेतना मुलक कार्यक्रमहरु समेत आफ्नो पहलमा संचालन हुने समेत प्रदेश सदस्य नेपालले बताइन् । प्रदेश सभा सदस्य नेपालको पहलमा प्रदेश सभावाट विनियोजित रकमको नगरपालिकाका वाट सही सदुपयोग गरी काम सम्पन्न गर्ने महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलामले बताए । प्रदेश र स्थानीय तहको समन्वय भएका अन्य योजनाहरु पनि थप गरि काम गर्न सकिने खांले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation