७६ जिल्लामा फैलियो कोरोना, एकै दिन थप ३७० जना कोरोनोमुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७६ जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिएको जनाएको छ।मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ७७ जिल्लामध्ये बागमति प्रदेशको रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको बताए । यस्तै प्रवक्ता डा. गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका बताए ।

उनका अनुसार संक्रमितहरु डिस्चार्ज हुने संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका उनले जानकारी दिए ।प्रवक्ता गौतले डिस्चार्ज हुनेमा ३२ महिला ३३८ पुरुषहरु रहेको बताए । हालसम्म नेपालमा दुई हजार १४२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation