पर्यटन मन्त्री भिडियो जुम मिटिङमा बोल्दा बोल्दै अस्लील भिडियो खुले पछि …

असार ८ काठमाण्डौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको भिडियो बैठक थियो । जुम एप भर्चुअल बैठकमा पर्यटन मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै अचानक पोर्न भिडियो खुले पछि बैठक नै स्थगित भएको छ ।पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रुपमा थिए । मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थाले पछि धमाधम बैठक लिभ गरेका थिए । त्यस पछि त बैठक नै रोकियो ।

उक्त जुम मिटिङमा देशभरका २ सयजना बढी पर्यटन व्यवसायी, उद्यमी र संचारकर्मी सहभागी थिए। अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो घटना भएको बताइएको छ। पर्यटन मन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो देखिएको थियो ।यो कसैले ह्याक गरेर भयो या के कारणले हो भनेर छानविन शुरु भएको जनाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation