कपिलवस्तुमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन

कपिलवस्तु : सरकारले अघि सारेको नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले कपिलवस्तुमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा प्रदर्शन गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले नागरिकता सम्बन्धी ऐन २०६३ लाई नै कायम गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।जनता समाजवादी पार्टीको तौलिहवास्थित कार्यालयबाट निस्केका जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले सरकारले ल्याउन लागेको नागरिकता विधेयकविरुद्धमा नाराबाजी गर्दै मंगलबार तौलिहवा बजार परिक्रमा गरेका थिए ।विरोध प्रदर्शनमा उत्रिएका सजपा नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडीको कोण सभा सम्पन्न गरेका छन् । सरकाले ल्याउन लागेको नागरिकता विधेयकमा रहेका प्रावधान आफूहरुलाई कुनै हालतमा पनि मान्य नहुने भन्दै त्यसविरुद्धमा जनता समाजवादी पार्टी बाध्य भई आन्दोलित हुने नेताहरुले बताएका छन् ।नेपाल- भारतबीच सदियौंदेखि आपसी पारस्परिक भाइ-चाराको सम्बन्धलाई आउँदै गरेको नागरिकता विधेयकले खलल पार्ने नेताहरुले बताएका छन् । तराई मधेशका नेपाली जनता र भारतीय जनताबीचको सम्बन्ध कुनै पनि राजनैतिक दलले निर्माण गरेको नभइ यो जनस्तरको सम्बन्ध भएका कारण यसको विरुद्धमा नागरिकता विधेयक रहेको आन्दोलनरत नेताहरुले बताएका छन् ।विरोध प्रर्दशनमा जसपाका नेताहरु रविदत्त मिश्रा, नारायण खनाल, कैलाश अग्रहरी, शैलेन्द्र यादव, अब्दुल रसिद खां, सन्दिप पाण्डेयलगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation