गुल्मीका गोर्खा सैनिकले भारतीय सिमा रक्षामा ज्यान गुमाए

गुल्मी – भारतीय सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तान तर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ ।
गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् । यता गुल्मीका वासिन्दाले अर्काको भूमी रक्षामा ज्यान गुमाएको भन्दै स्तब्ध भएका छन् । अव गोर्खा सैनिकहरु जागिर छाडेर स्वदेश फर्कने वेला आएको वताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation