बुद्धभूमीकाे प्रमुख प्राथमिकता नगरमा १५ शैयाको अस्पताल र उत्पादनमा आधारित अनुदान : नगर प्रमुख श्रेष्ठ

बुद्धभूमि नगरपालिकाले बुधबार (आज) नीति तथा कार्यक्रम ल्याउँदै छ । आव ०७७/०७८ को बजेट ल्याउने तयारीमा रहेको नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । दिउँसो १ बजे नगरपालिकाको नगर सभा बस्दै छ । रेडियो मायादेवीको बजेट बहस कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले यो बर्ष नगरभित्र १५ शैयाको अस्पताल निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो । नगरभित्र अस्पतालको अभावले समस्या भैरहेको भन्दै नगर प्रमुख श्रेष्ठले १५ शैयाको अस्पताल बनाउने गरी बजेटमा व्यवस्था मिलाएको बताउनुभयो । कोभिड–१९ ले स्वास्थ्यप्रति गम्भीर बनाएको भन्दै आगामी दिनमा आउने जुनसुकै महामारीसंग जुध्ने गरी नगरले स्वास्थ्यको क्षेत्रमा बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।
नगरपालिका भित्र रहेका महिला स्वास्थ्य स्वयमसेविकाले कोरोना कहर लगायत अन्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको प्रति उहाँले प्रशंसा गर्नुभयो । राज्यले दिदैँ आएको भत्तामा यस बर्ष नगरपालिकाले बृद्धि गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन स्वरुप यस्तो व्यवस्था गर्न लागेको उहाँले जनाउनुभयो । यस्तै बुद्धभूमि नगरपालिकाले यो बर्ष कृषिमा आधारित अनुदान कार्यक्रम ल्याएको छ । कोभिड–१९ का कारण रोजगारीका अवसर गुमाएको भन्दै कृषि, पशुपालन र मस्यपालनमा जोड दिदै नगरले अनुदानको कार्यक्रम ल्याएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कृषिको व्यवसायिककरणलाई जोड दिदै कोशेली घर स्थापना, सहकारीमा आधारित कृषिको उत्पादन लगायतका कार्यक्रम ल्याइएको उहाँले बताउँनुभयो । यस्तै यो बर्षको नीति तथा कार्यक्रममा शिक्षालाई पनि जोड दिइएको उहाँले बताउनुभयो । विकास तर्फ अधुरा अपुरा भौतिक निर्माण पूरा गर्ने देखि आवश्यकता भए बमोजिमका सडक निर्माणमा जोड दिइएको उहाँले बताउनुभयो । साथै यो बर्ष मेरो नगर, मेरो लगानी भन्ने नारा ल्याएर अरु क्षेत्रसंग पनि सहकार्य गर्ने योजना ल्याइएको उहाँले बताउनुभयो ।

मायादेवी अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation