तिलौराकोटमा असारे विकास, सरसफाईको नाममा लाखौ रुपैया दुरुपयोग

ताैलिहवा- बिदेशी दातृ निकायले दिएको र नेपाल सरकारले विनियोजन गरेको रकम कसरी दुरुपयोग हुने गरेको छ भन्ने एउटा तथ्य बुद्धको २९ वर्ष वितेको तिलौराकोट क्षेत्रवाट उद्घाटित भएको छ । विबरण अनुसार लुम्विनी विकास कोषको पुरातत्व महाशाखा अन्तर्गत गत वर्ष तिलौराकोटमा घाँस काट्ने तथा सरसफाई गर्ने शिर्षकमा २४ लाख रकम राखियो ।
गत बर्ष सो रकम खर्च गरेर तिलौराकोटको झाडी सफा गरिएको वताइयो । फेरी यसपाली तिलौराकोट क्षेत्रमा सरसफाई र घास काट्ने भनेर ३ लाख ५० हजार विनियोजन गरियो । त्यो रकम पनि कसरी खर्च भएको देखाउने भनेर असार लागेपछि त्यो क्षेत्रमा काम गर्न भनेर १ दर्जन मजदुरहरु खटाइएकाछन् ।
तिलौराकोट क्षेत्र सफा र सुन्दर हुनुपर्छ तर फजुल खर्च नियन्त्रण गर्ने गरी सरकारले कडाई गरेकै बखत असारमा आएर केहि मान्छे लगाएर घाँख ४र६ दिन घाँस काट्ने वाहनामा ३ लाख ५० हजार खर्च हुनु अस्वभाविक रुपमा रकमको दुरुपयोग हो । देशमा एक प्रकारले लकडाउनकै अवस्था छ । कोरोना महामारीले तिलौराकोट क्षेत्र सुनसान छ । कोही तत्काल आउने संभावना छैन ।
वर्षायाम शुरु भएकाले एक डेढ महिनामै फेरी घास पलाउछ । त्यसैले खर्चकालागि खर्च गर्न असारमा हतार हतार रकम झवाम नपारेर यहि काम असौजको सुरुवातमा गर्ने हो भने कमसेकम कार्यक्रमको औचित्य पुष्टि हुने वताउनु हुन्छ तिलौराकोट क्षेत्रका स्थानीय विनोद हरिजन । यता तिलौराकोट क्षेत्रको रेखदेख र संरक्षणको नेतृत्व गर्ने कोषका कर्मचारी एवम तिलौराकोट साइटका प्रमुख माधव आचार्यले तिलौराकोटमा सरसफाईको काम भई रहेको वताउनु भयो । यसमा पुरातत्व महाशाखाका प्रमुख हिमाल उप्रेती नै फिल्डमा खटिएर कामको नेतृत्व गर्नु भएको छ भन्दै के कति वजेट हो भन्ने थहा आफूले नपाएको वताउनु भयो ।
यसको गजव तथ्य के हो भने ति पुरातत्व महाशाखाका प्रमुख उप्रेतीले आफैले कार्यक्रम प्रस्ताव गर्छन । स्वीकृत हुन्छ , आफैले कोषवाट अख्तियारी लिएर काम गर्छन । कागजी रुपमा गलत विवरण पेश गरेर तिलौराकोटका नाममा लाखौ लाख रकम झवाम पर्छन । यो क्रम केहि वर्ष यता हुदै आएको छ । उनी आफूलाई अत्यन्तै सदगी रुपमा देखाउने चतुर कुटनितिज्ञ छन् । कुराकानीका क्रममा अयन्तै बनाएर बस्तुस्थिती दर्शाउन खोज्छन् । तर काम गर्ने पारदर्शीता र यथार्थताको कमी उनमा ब्यापक छ ।
यो समाचार लेख्नुको तात्पर्य यो होइनकी तिलौराकोट सधैव झाडी नै रहनु परयो । सफा हुनु भएन भन्ने होइन । तर असारे विकास हतारमा निकास र ब्यक्तिगत लाभमा उपयोग हुनु भएन । उप्रेतीले बर्षाैदेखि गर्दै आएको यस्तो धन्दाको अव छानविन हुनु पर्छ भन्नु हुन्छ तिलौराकोटका स्थानीय अच्यूत मरासीनी ।

प्रेसपाटी बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation