यशाेधरामा संक्रमित गाउँ गाउँ डुल्दै, पालिका फर्जी कागज बनाउदै

ताैलिहवा- कपिलवस्तुको यशोधरा गाउँपालिका ४ झगरहवामा आफ्ना पत्नी र लालावाला सहित बगैचामा बसेका थिए । अपरीचित २ जना देखे पछी पत्नी र बच्चालाई घर पठाए । उनले सोधें, तपाईहरु कहाँबाट आउनु भयो ? । परिचय दिदै भन्यौ, ‘हामी पनी कोरोना संक्रमित , कपिलवस्तुका पत्रकार हौं । ’ उनी झसंग भए अनी अली पर सरे । तपाई पनी कोरोना संक्रमित हो भनी सोधपुछ गर्दा उनी अचम्म परे । जेठ २८ गते कोरोना संक्रमण भएको पुष्टी भएका त्रिलोकलाई अहिले सम्म संक्रमण भएको थाहा छैन
त्रिलोक पासी (नाम परिवर्तन ) ले भने, ‘मलाई कसैले जानकारी गराएको छैन । स्कुल ( क्वारेन्टाईन ) मा बस्दा अरुको रिपोर्ट आयो तर मेरो आएको छैन । मलाई कुनै समस्या देखिएको पनी छैन । एक दिन रंगपुर प्रहरी चौकीबाट प्रहरी आउनु भएको थियो । तपाईको रिपोर्टमा शंका छ । अलग्गै बस्नु होला भनी गए । त्यस पछी कोही आउनु भएको छैन । ’ उनले घरमा संग टाढै बसेको बताए पनी, दुरी कती राख्ने भन्ने थाहै थिएन । मास्क प्रयोग नगरी १ फिट नजिक वसी परीवार संग गफ गर्दै वसेका थिए
जिल्लाको रेकर्ड अनुसार त्रिलोक २ दिन आइसोलेसन बसेको पाईन्छ । उनी २९ गते अनिरुद्र मा.वि.को आइसोलेसनमा भर्ना भई जेठ ३१ गते डिस्चार्ज भएको रेकर्डमा देखाउछ । गाउँबाट बाहिर ननिस्कीएका उनलाई पालिकाले कुन आधारमा भर्ना गरी डिस्चार्ज गरेको शंकास्पद रहेको छ । उनको जेठ १६ गते स्वाब लिएको थियो । जेठ २८ गते प्रादेशिक ल्याव भैरहवा भएको जाँचमा उनलाई संक्रमण भएको पुष्टी भएको थियो । त्रिलोक मात्र होईन उक्त गाउमा ५ जना कोरोना संक्रमित छन । जो आइसोलेसन नगई डिस्चार्ज भएका छन । तर गाउँपालिकाले आईसोलेसन गएको रेकर्ड राखी डिस्चार्ज गरेको छ ।
सोही गाउँ कै २७ बर्षिय एक युवती गाउँपालिकाले दिएको डिस्चार्ज लेटर हेर्दा १४ दिन पछी डिस्चार्ज भएको देखिन्छ । डिस्चार्ज लेटर अनुसार उनी जेठ १६ गते अनीरुद्र माबीमा रहेको आइसोलेसन सेन्टरमा भर्ना भई ३० गते डिस्चार्ज भएको देखाउछ । जेठ १६ गते लिएको उनको स्वाबको जेठ २५ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो । कोरोना पुष्टी भए पनी उनी आइसोलेसन नगई गाउँ मै थिईन । संक्रमण भएको थाहा पाए पछी ३ जना घर छाडेर बिद्यालयमा वसेका थिए । बिद्यालयमा कोही पनी नआए पछी ४ दिन जती बसी गाउँ मै फर्किएका थिए । उक्त गाउँका ५ जना संक्रमितको गलत बिवरण राखी आइसोलेसनबाट डिस्चार्ज गरेको छ ।

संक्रमित सवै अहिले गाउँमा खुला रुपले हिड्ने र सामाजिक काम गर्ने गरेका छन । गाउँमा मास्क प्रयोग गर्नेको संख्या न्युन रहेको छ । डिस्चार्ज गरेका डाक्टर गणेश क्षेत्रीका अनुसार गाउँपालिकाले तयार गरेको काजजाँतका आधारमा लक्षण नभएका संक्रमितलाई डिस्चार्ज गरेको बताए । कर्मचारीले गलत बिवरण तयार गरेको बिषयमा आफुलाई जानकारी नभएको प्रष्ट पारे ।
गाउँपालिकाले १५ संक्रमितलाई ४ दिन पछी , २ संक्रमित लाई ५ दिन पछी र ३४ संक्रमितलाई ६ दिन पछी डिस्चार्ज गरीएको थियो । यसैगरी ५९ संक्रमित १० दिन र ३४ संक्रमितलाई ८ राखी डिस्चार्ज भएका थिए । यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेस कुमार पाण्डेका अनुसार सबैलाई सरकारले जारी गरेको नियम अनुसार पठाएको दावी गरे । हामीले जिल्लाबाट डाक्टर बोलाएर २ हप्ता घरमै वस्ने गरी पठाएको अध्यक्ष पाण्डेले वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation