थप ६ सय २९ थप जनामा कोरोना संक्रमण, संक्रमित १० हजार ७ सय २८ पुग्याे

बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको जानकारी दिए। योसँगै कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ। त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन्। यी सहित कुल २ हजार ३ सय ३८ जना निकाे भइ घर फर्किएका छन्। हालसम्म २४ जना मृतकमा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ६ हजार ८ सय २८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation