खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।उनीहरु २३ जेठमा यूएईबाट नेपाल आएका थिए । एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानले १५७ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।उनी लामो समयसम्म स्वाब संकलन गर्ने वा नगर्ने अन्यौल थियो । १४ दिन बसेपछि स्वाब संकलन गरेर पठाइयो । त्यसको तीन दिनपछि उनीहरु घर गए ।तर बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरुको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो । स्वाब लिएपछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर जानुभयो ।’अब संक्रमण पुष्टि भएकाहरुलाई पाटन अस्पताल जान भनिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation