कपिलवस्तुमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

कपिलवस्तु – कपिलवस्तुको शिवराज ११  मा  चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ । शिवराज न.पा. वडा नं ११ थुनियाका ४५ बर्षिय सत्यनारायण कुर्मीको आज ११ :३० वजे मृत्यू भएको हो । रोपाइकालागि खेतमा खनजोत गर्ने क्रममा चटयाङ लागेको वडाध्यक्ष  रामेश्वर वर्माले वताउनु भयो । वडाध्यक्ष बर्माले दिएको जानकारी  अनुसार आकासवाट आएको आगोको मुस्लो उनको शरिमाथि बज्रेको थियो । 
घटना स्थलमै उनको शरिरको छातीपटिको भाग पुरै जलेको थियो भने कपडा समेत जलेका थिए । यसरी आगोको मुस्लो आइ रहदा आकासमा गर्जेको आवाज  समेत सुनिएको स्थानीय पत्रकार सिताराम चौधरीले वताउनु भयो । गंभिर अवस्थाका कुर्मीलाई उद्धार गरेर संजिवनी अस्पत्ताल चन्द्रौटामा ल्याउदा मृत्यू भई सकेको वडा प्रहरी चन्द्रौटाका निरीक्षक दिपेश खरेलले वताउनु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation