भ्रमण बर्ष प्रचारका लागि तिन टोली बिभिन्न प्रदेशमा

प्रदेश ५ सरकारले मनाउदै गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ को प्रचार प्रसारका तथा समापन कार्यक्रमको निमन्त्रणाका लागि तिन टोली बिभिन्न प्रदेश र स्थानिय तहमा पुगेको छ । प्रदेश ५ सरकारको उद्योग,पर्यटन, वन तथा बातावरण मन्त्रालयको संयोजना तथा आयोजनामा गरिएको सडक प्रदर्शशनीमा सहभागीता जनाउन तिन टोली देशका बिभिन्न स्थानमा पुगेको हो ।

प्रदेश मन्त्रालय प्रतिनिधी, गैसस प्रतिनिधी, मानव अधिकारकर्मी, होटल व्यवसायी र सञ्चारकर्मी सहभागी टोली लुम्बिनी भ्रमण बर्षको प्रचार प्रसारका लागी प्रदेश २ देखी सुदुर पश्चिम प्रदेशका बिभिन्न स्थानमा पुग्ने योजना छ । प्रदेश ५ का प्रमुख पर्यटकिय स्थलको प्रचार प्रसार र प्रबद्र्धन गरि लुम्बिनी भ्रमण बर्ष २०७६ को समापन कार्यक्रमका अवसरमा २०७७ को बैशाख पुर्णीमाको समापन कार्यक्रमको लागी निमन्त्रण दिन देशैभरका बिभिन्न जिल्लामा टोली पठाईएको हो । फागुन ५ गते बुटवल स्थित मन्त्रालयबाट हिडेको पहिलो टोली तनहुको दमौली पुगेको छ । मन्त्रालयका अधिकृत नारायण प्रसाद अर्यालको संयोजन रहेको पहिलो टोली बुटवल बाट पाल्पा, कास्की, पर्वत, बाग्लुङ्ग, म्याग्दी, तनहु हुदै बुटवट फर्किने छ । त्यस्तै अधिकृत रामहरी अर्याल संयोजनको दोस्रो टोली सिन्धुलीको कमलामाई नगरपालिकामा छ । सो टोली भरतपुर, काठमान्डौ, काभ्रेपलान्चोकको धुलिखेल, दोलखाको जिरी, सिन्धुली, मकवानपुर हुदै बुटवल फर्किने छ । मन्त्रालयका नासु बिकास गौतमले नेतृत्व गरेको तेस्रो टोली बिहिबार सुदुर पश्चिमको डडेलधुरा पुगेको छ । टोलीले कोहलपुर, सुर्खेत, धनगढी, महेन्द्रनगर र डडेलधुरा हुदै फागुन १० गते दाङ्गको बेलझुण्डिमा आयोजना गरिएको प्रदेश एक्सपोमा सहभागीता जनाउने छ ।

पाँच दिने यात्रा शुरु गरेको तेस्रो टोलीले पहिलो दिन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, उपप्रमुख सन्जु कुमारी चौधरी सगै पुर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटालाई लुम्बिनी भ्रमण बर्ष बारे जानकारी दिई समापन कार्यक्रमका लागी निमन्त्रणा गरेको थियो । प्रदेश ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफुहरुले कार्यक्रममा सरिक भई सहयोग पुर्याउने कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बताए । त्यसै गरि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा होटल व्यवसायी सँग भएको छलफलका क्रममा होटल व्यवसायीले लुम्बिनी भ्रमण बर्ष सफल पार्न कर्णाली देखी लुम्बिनी सम्मका टुर प्याकेजलाई प्राथमिकता दिने बताए । हुम्ला होटल एशोसियशनका सल्लाहकार नोर्बु लामाले सडक प्रदर्शनिले कर्णाली र लुम्बिनीको भावना जोड्न सहयोग पुर्याएको बताए । प्रदेश ५ को सिको गर्दै कर्णाली प्रदेशका पर्यटकिय सम्भाव्यताका क्षेत्रको प्रचार प्रसार र अन्य प्रदेश सरकारका अभियान सँगको सहकार्यका लागी आफुले पहल गर्ने कर्णाली होटल व्यवसायी महासंघका प्रदेश प्रमुख तर्क बहादुर शाहीले बताए ।

Truism _year2020_Lumbini1

सुर्खेत पुगेको टोलीले बिरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल मार्फत नगरपालिकाका जनप्रतिनिधीलाई आमन्त्रण गरेको थियो । त्यसै गरि कर्णाली प्रदेशका पर्यटनमन्त्री सहितको टोलीलाई समेत लुम्बिनी भ्रमण बर्षको निम्तो दिईएको थियो । सुदुर पश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको ७० औं प्रजातन्त्र दिवशको समारोहमा सहभागी मुख्यमन्त्री, प्रदेश प्रमुख र मन्त्री सहितलाई टोलीले निमन्त्रणा कार्ड प्रदान गरेको थियो । टोली दिएको निमन्त्रण स्विकार गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर बड्ले लुम्बिनी भ्रमण बर्षको समापनको कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न भुमिका खेल्ने प्रतिबद्धता जनाए । कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष एवम भिजिट नेपाल २०२० का प्रदेश संयोजक परमानन्द भण्डारीले पर्यटकको बृद्धिका लागी बसाई र यातायातको सहजताको सुनिश्चितता आवश्यक रहेको बताए । भिमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र उपप्रमुख शुसिला चन्द सिंहले नगरपालिका क्षेत्रमा रहेको शुक्ला फाटा बन्यजन्तु आरक्षको प्रचार प्रसारमा सहयोग गरिदिन आग्रह गर्दै लुम्बिनी भ्रमण बर्ष समापन कार्यक्रममा सरिक हुने प्रतिबद्धता जनाए । टोलीले बिहिबार डडेल्धुरा उद्योग बाणिज्य संघले आयोजना गरेको सुदुर पश्चिम प्रदेश स्तरिय चौथो डडेलधुरा महोत्सवको उदधाटन सत्रमा सहभागी भई जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गणेश भट्ट मार्फत डडेल्धुराका जनप्रतिनिधी र सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा दिएको थियो । सडक प्रदर्शनीले लुम्बिनी सहितका रुपन्देही, नवलपरासी र कपिलवस्तुका बुद्धस्थलको प्रचारमा समेत सहयोग पुर्याएको कपिलवस्तु होटल व्यवसायी संघका उपाध्यक्ष रेशम ढकालले बताए ।

Truism _year2020_Lumbini

सडक प्रदर्शन प्रभावकारी भएको र लुम्बिनी भ्रमण बर्ष समापन पश्चात समेत यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक रहेको मानव अधिकारका लागी महिला एकल महिला समुहकी प्रदेश ५ अध्यक्ष जानकी घिमिरे अर्यालले बताईन । सडक प्रदर्शनमा सहभागी परिर्वतनका लागि महिला समुह नेपालकी राष्ट्रिय अध्यक्ष रिता सेनले सडक प्रदर्शनको कार्यक्रमलाई बिभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा समेत प्रचार प्रसार गरिदा थप प्रभावकारी भएको बताईन । प्रदेश ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको नमुना कार्यको अरु प्रदेशले समेत सिको गरेकाले सो कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको सेनले बताईन । सडक प्रदर्शनको कार्यक्रम सोचे भन्दा राम्रो भएको जनाउदै लुम्बिनी भ्रमण बर्ष तथा नेपाल भ्रमण बर्ष २०२० मा आन्तरिक पर्यटक आकर्षण गर्न सहयोगी सिद्ध हुने तेस्रो टोलीको संयोजन गरेका प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नासु बिकास गौतमले बिश्वास व्यक्त गरे । यस अघि बुटवलमा तिन वटै टोलीको बिदाई गर्दै प्रदेश ५ सरकारको उद्योग,पर्यटन, वन तथा बातावरण मन्त्रालयकी सचिव डाक्टर राधा वाग्लेले गौतम बुद्धले प्रतिवादन गरेको पञ्चशिलका सिद्धान्त पालना र सो को प्रचार प्रसारमा सहयोग पुर्याउन आग्रह गरेकी थिईन ।

Truism _year2020_Lumbini

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation