ताैलहवा- कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को १ अर्ब ७ करोड बराबरको बार्षिक बजेट बिनियाेजन गरेको छ । कोरोना भाइरसका कारण जारी लकडानउका बीच नगरपालिकाको सातौ नगर सभामा सो बजेट प्रस्तुत गरेको हो । नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम पारित गरेको थियो । पूँजीगत तर्फ ५४ करोड, ७६ लाख ६३ हजार तथा चालु तर्फ ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले बताउनु भएकाे छ ।

नगरपालिकाको सशर्त अनुदान २७ करोड १९लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड रकम नगर सभाले विनियोजीत गरेको छ । महाराजगंज नगरपालिकाले हिलो मुक्त गाउँ निर्माणका साथ अघि बढेको नगर प्रमुख कलामले बताउनु भयाे । कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा बिकास निर्माणमा बाधा पुगेकोले आगामी आर्थिक वर्षमा विकास निर्माणर्ला तीब्रता दिईने उहाँले बताउनु भयाे । उहाँले महाराजगंज नगरपालिका विगतमा विकासबाट धेरै पछाडी रहेका गाविसहरु मिलेर बनेकाे नगरपालिका भएकाे पूर्वाधार विकास, सामाजिक विकासका साथ साथै काेभिड १९ काेराेना भाइरसले सृजना गरेका समस्याहरु समाधान गर्ने खालका कार्यक्रमहरु ल्याइकाे प्रमुख कलामले बताउनु भयाे ।
नगरपालिकाले महाराजगंज नगरपालिकामा रहेको ११ वटै वडालाई ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले बताउनु भयाे । नगरको भौतिक पूर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि, पशु सेवा, लगायतका क्षेत्रमा रकम विनियोजीत गरीएको उप प्रमुख कुर्मीले जानकारी गराउनु भयाे ।