पहिलो पटक कपिलवस्तु जेसिजले पायो एरिया डि अवार्ड

असार १९,२०७७

जेसिज कपिलवस्तुले पहिलो पटक एरिया डि अवार्ड पाउन सफल भएसंगै जिल्लामा एक ईतिहास रचेको छ । २० बर्ष यताको ईतिहासमै जेसिज कपिलवस्तुले पहिलो पटक जुन मन्थ एरिया डि का ४९ शाखा मध्येबाट उत्कृष्ट हुदै नेपाल जेसिसबाट अवार्ड पाउन सफल भएको हो । कोरोना भाईरस कोभिड १९ को महामारीको यो बिषम परिस्थितीमा सामाजिक कार्यमा उत्तरदायि बन्दै निस्वार्थ रुपमा मानव सेवामा समर्पित रहेको कपिलवस्तु जेसिजले गरेको काम प्रति उच्च मूल्याकंन स्वारुप अवार्ड पाएको जेसिज कपिलवस्तुका अध्यक्ष मनोज कुमार खत्रीले बताउनुभयो ।

       आगामी दिनमा अझै उत्कृष्ट काम गरेर बर्षको उत्कृष्ट शाखाको रुपमा चिनाउने योजनाका साथ बिभिन्न कार्यहरु गर्दै जाने अध्यक्ष खत्रीको योजना रहेको छ । संसार बदल्न आफ्नो सोच बदलौ भन्ने मूल मर्मलाई आत्मसात गर्दै जेसिज कपिलवस्तु सबैको दुख सुखमा साथ दिईरहेको बताउनुभयो । यता उपाधि पाएसंगै अहिले नेपाल भरिका जेसिज शाखाहरुबाट सुभकामनाहरु आईरहेको भन्दै अझ कामप्रति जिम्मेवारी र उत्साहित बनाएको बताउनुभयो । 

प्रेसपाटी साभार खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation