बुद्धभुमि नगरपालिका वडा न.२ ले ७२ वटा डस्टविन वितरण ।।

असार २५,२०७७

सुरज के,सी; बुद्धभुमि नगरपालिका वडा न.२ ले ७२ वटा डस्टविन वितरण गरेको छ । वडामा रहेका ७ वटा टोलबिकास समितिद्धारा वितरण गरिएको हो । बजार क्षेत्रमा फोहोर हुने भएकले त्यस्लाई व्यवस्थि गर्नकालागि बजार क्षेत्रमा बितरण गरिएको छ । डस्टविन कार्यक्रमको प्रमुख अतिथि बुद्धभुमि नगरपालिका नगर प्रमुख केशव कु.श्रेष्ठले नगरलाई सुन्दर र स्वक्ष बनाउन यो अभियानले सहयोग पुग्ने बताउनु भएको । प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले वितरण भएका डस्टविनको सहि ठाउमा सदुपयोज गर्न आग्रह गर्नु भएको छ । वाड न.२ का अध्यक्ष भेषराज शर्माले वडालाई सुन्दर राख्न वितरण गरिएको बताउनु भयो । बुद्धभुमि नगरपालिका वडा न.२ को वडा कार्यालयमा टोलबिकास समितिका प्रखुक र सचिवलाई वितरण गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता नगर प्रमुख केशव कु.श्रेष्ठको रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation