शिवराजमा १३ जनामा काेराेना पुष्टी

कपिलवस्तु- स्वास्थ्य मन्त्रालयले समुदायका कोरोना फैलिएको निराधार भएको भनाई आएको २४ घण्टा बित्न नपाउँदै कपिलवस्तुमा समुदायमा कोरोना पोजेटिभ फेला परेका छन् । मङ्गलवार कपिलवस्तुको शिवराज नगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका भित्र समुदायमा रहेका १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ । ती मध्ये ट्राभल हिस्ट्री नभएका समेत छन् । नेपाल आदर्श मा.बि शिवपुरका २ जना शिक्षक, शिवराज नगरपालिका वडा नं. १ का वडा सचिव र वडा सचिवका पतिमा समेत कोरोना देखिएको छ ।
काठमाडौँ पढ्न जानका लागी पिसीआर परीक्षण गरेकी २ कृष्णनगर नगरपालिकाका २ विद्यार्थी र उपचार गर्नकालागी परीक्षण गराएका वडा सदस्यको छोरामा समेत कोरोना पोजेटिभ देखिएका छन् । उनीहरूको ट्राभल हिस्ट्री समेत नपाइएको शिवराज नगरपालिका सुपा देउराली आइसोलेसनका इन्चार्ज जित बहादुर बिसीले बताए । शिवराज नगरपालिकाको वडा नं. ५ चन्द्रौटा बजार, वडा नं. १ शिवपुर, वडा नं. ११ लालपुर र वडा नं. ३ खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुरगन्जको समुदायका कोरोना फैलिएको बताइएको छ । शिक्षकलाई कोरोना देखिए पछि नगरपालिका भरी त्रास छाएको छ । शिवराज नगरपालिकाले कक्षा ४ देखी माथिल्लो कक्षाका लागी विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक शिक्षा प्रदान गर्दै आएको थियो । वडा सचिव समेत नियमित कार्यालयमा उपस्थित भएका छन् ।
मङ्गलवार पुष्टि भएका ३४ जना मध्ये ७ जना होम क्वारेनटाइन बसेका थिए । भारतबाट आएका १२ जना , दुबईबाट आएका ४ जना र साउदी अरेबियाबाट आएका २ जनामा कोरोना देखिएको छ । नगरका ८ जनामा कोरोना देखिए पछि कनट्याक्ट ट्रेसिंग गर्दा ८९ जना नजिक सम्पर्कमा भएकाको पिसीआर परीक्षण भएको थियो । ती ८ जना बाहिर बाट आए पछि क्वारेनटाइन नगई समुदायमा घुमफिर गर्दै आएका थिए । थप भएका मध्ये ६ जना महिला रहेका छन् । यो थप भए सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९६ पुगेको छ । 
साभार प्रेसपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation