कपिलवस्तु- शसस्त्र प्रहरी बल नेपाल कपिलवस्तुले जिल्लाका बिभिन्न स्थानबाट भंसार छली गरि भित्राईएका लाखौं मुल्यका सामाग्री नियन्त्रणमा लिई भंसार चलान गरेको छ । शसस्त्र प्रहरीले बरामद सामाग्री सुठौली भंसार कार्यालय कपिलवस्तुमा चलान गरेको छ । शसस्त्र प्रहरीले भंसार बुझाएकोमा १ लाख ८० हजार मुल्यको छोकडा सहितका किराना सामाग्री, ४ लाख मुल्यको १९ थान मोबाईल सेट र १ लाख ९२ हजार मुल्य बराबरको कपडाहरु रहेको मोटरसाईकल गरि कुल ७ लाख ७२ हजार मुल्यको सामाग्रीहरु छन । भंसारमा सो सामाग्री बुझाउनुका साथै अबैध रुपमा नेपाल भित्राउन थालिएका करिब ४ लाख ५० हजार मुल्यको कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. २८ गणका गणपती शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले जानकारी दिए । शसस्त्र प्रहरीले जनशक्ति थप गरि सिमामा कडाई गरे सगै भंसार छली गर्ने कार्य घट्न थालेको छ भने भंसार छलीका सामाग्री नियन्त्रणमा आउन थालेका छन ।