श्रोत नखुलेको १६ लाख रुपैया सहित सुन व्यापारी पक्राउ

पकडी- कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ गोब्ली बगैचाबाट श्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेबी गाउँपालिका– १ पकडीका सुन ब्यापारी ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँ सहित पक्राउ परेका हुन् । भारतीय नाका चारकचौडाबाट नेपाल छिेरेका सोनार सुरक्षाकर्मीलाई देखेपछि भाग्न खोजेका थिए । सोनारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीबाट १६ लाख नगद बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
बिशेष सुराकीका आधारमा सोनारलाई पक्राउ गरिएको देवकोटाले बताए । सोनारबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको थियो । सुन किन्नका लागि सो रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको देवकोटाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation