ताैलिहवा- हुलाकी सडक अन्तरगत कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नाली निमार्ण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन् ।
तौहिलवा स्थित नेपाली सेनाको क्याम्प, कपिलवस्तु नगरपालिका, जिल्ला समन्वय समिति लगायतका कार्यलयहरुको अगाडी दुवै तर्फ निमार्ण भईरहेको नाली निमार्णको कार्य गुणस्तहिन भन्दै नागरिक समाज र स्थानियहरुले बिरोध गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी गरेका हुन् ।

शर्मा एण्ड कम्पनीले ठेक्का लिएको उक्त कार्यको नाली निमार्णको काम गुणस्तरहिन भएको भनि उजुरी आए पछि प्रमुख जिल्ला अधिका री दिर्घनारायाण पौडेलले समेत स्थलगत अनुगमन गर्नु भएको छ । नाली निर्माणको स्थलगत अवलोकन गर्न पुगेका प्रजिअ पौडेलले लागत स्टिमेट अनुसार गुणस्तरीय काम गर्न निर्माण व्यवसायी कम्पनीका प्रतिनिधीलाई निर्देशन दिएका छन ।
दशककौ लामो प्रतिक्षा पछि तराई मधेशको लाईफ लाईन हुलाकी सडक निमार्णकार्यलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडी बढाईरहेको छ । हुलाकी सडक निमार्ण कार्य सुरु भए पछि तौलिहवा बासीहरु हर्सित छन् । हुलाकी सडक निमार्ण कार्यलाई सहयोग गर्न तौलिहवा बासीहरु साउनको बर्षे झरी र कोरोना महामारीको प्रबाह नगरी आफ्ना घर भत्काएर सहयोग गरेता पनि सुरुवाती चरणमै गुणस्तरहिन कार्य भएकोले स्थानियहरु चिन्ता बढाएको समाजसेवी राजु अर्याल बताउनु हुन्छ ।

सडक बिस्तारको अभियान सफल पार्न नागरिकले आफै घर भत्काएर क्षति सहश्र स्विकार गरि बिकास कार्यलाई सहयोग पुर्याए पनि सोही सडक अन्र्तगतको नाली निर्माण गुणस्तरहिन हुनु दुखःको कुरा भएको अर्यालले भनाई छ । स्टिमेटमा पिसिसी ढलानको रेसियो १–२–४ (सिमेन्ट–बालुवा–गिट्टी) हुनु पर्नेमा आफैले मनमानी गरि निर्माण व्यवसायी कम्पनीले १–४–८ को रेसियोमा ढलान गरेको अर्यालको आरोप छ । “राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको हुलाकी सडकको काम स्तरीय हुनु पर्नेमा निर्माण व्यवसायीको लापरवाही सगै सडक आयोजनाको मौनताले गुणस्तरहिन निर्माण हुन थालेको छ । नागरिक सचेत हुन आवश्यक छ ।” अर्यालले भन्नु भयो । उहाँले थप्नु भयो “गुणस्तरहिन कार्य गर्दा स्थानिय तहका जनप्रतिनिधी चुप चाप हुनुले गुणस्तरहिन कार्यलाई प्रोत्साहन गरिएको देखिन्छ ।”
नाली निर्माण गर्दा सतहमा गरिने ढुङ्गा सोलिङ्गका क्रममा सफा ढुङ्गा प्रयोग गर्नु पर्नेमा हिलो, माटोले लतपतिएको ढुङ्गा प्रयोग भएको मानव अधिकारकर्मी रवि ठाकुरले बताउनु हुन्छ । ढलानमा प्रयोग गरिएकोे गिट्टी कंकडयुक्त र सफा नगरिएको भेटिएको छ । त्यसै गरि पिसिसी ढलानको स्टिमेटमा १० सेन्टि मिटर रहे पछि ६ देखी ८ सेन्टिमिटर मात्रको पिसिसी ढलान गरेको प्रष्ट भेटिएको छ । नालीको दिवाल (प्लम कंक्रिट) गर्दा धोएको सफा ढुङ्गाका ठाँउमा माटो लतपतिएको ठुला साईजका ढुङ्गा प्रयोग गरिएको ठाकुरले जानकारी दिए । “नागरिकले घर भत्काएर सडक निर्माणलाई सहयोग गरे । गुणस्तरयुक्त सडक निर्माण हुने आशामा तुषारापात भएको छ । ” अधिकारकर्मी ठाकुरले गुनासो गर्दै भन्नु भयो । नाली निर्माणका क्रममा हिलोमै ढुङ्गा सोलिङ्ग गरि थिगनेश नपुग्ने पिसिसि ढलान गरिएको स्थलगत अवलोकनमा भेटिएको छ ।

नागरिकस्तरको बिरोध र उजुरी पछि स्थलगत अवलोकन गरेका प्रजिअ पौडेलले गुणस्तरहिन निर्माण कार्य गरिए निर्माण कार्यमा तत्काल रोक लगाई कारवाही प्रक्रिया अगाडी बढाईने निर्माण व्यवसायी कम्पनीका प्रतिनिधीलाई जानकारी दिएको बताउनु भएको छ । उहाले भन्नु भयो “नागरिकस्तरबाट आएको मौखिक उजुरीका आधारमा नाली निर्माणको स्थलगत अवलोकन गरेका छौ । निर्माण कार्य स्टिमेट अनुसार अगाडी बढाउन निर्देशन दिएको छु ।” निर्माण व्यवसायी कम्पनी शर्मा एण्ड कम्पनीका ल्याब टेक्निशियन मुकुन्द अर्यालले शुरुमा गुनासो आए पछि अहिले भने गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरि नाली निर्माण गरिएको दाबी गर्नु भएको छ ।

सडक निर्माण कार्यको अनुगमनमा खटिएका हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर बिरेन्द्र प्रसाद गुप्ताले १५÷२० मिटर नालीमा गुणस्तर नपुगेका ढुङ्गा प्रयोग गरिएको भेटिए पनि अहिले भने गुणस्तरीय कार्य भएको दावी गर्नु भएको छ । “हिलो भएको ढुङ्गा प्रयोग हुन थाले पछि हामीले तत्कालै रोकेका छौ । अहिले गुणस्तरयुक्त काम भएको छ ।” ईन्जिनियर गुप्ताले भन्नु भयो
हुलाकी सडक अन्तर्गत ५ सडक खन्ड तथा चार वटा पुल निर्माणका लागि कुल ३ अर्व ४६ करोड २ लाखको संझौता भएको छ । जसमा तौलिहवा–बहादुरगंज सडक अन्र्तगतको तौलिहवाको बिद्युत कार्यालय अघिको कल्भर्ट देखी तुरुन्तपुर सम्म कुल ५० दशमलव ५ किमि सडक निर्माण हुनेछ । तौलिहवा बजार देखी राजपुर सम्मको १५ किलोमिटर सडक निर्माणको ठेक्का शर्मा एण्ड कम्पनीले ७६ करोड ६४ लाखमा लिएको छ । जसमा तौलिहवा बजारको सडकको दाया बाँया गरि कुल ४ हजार ६ सय ८० मिटरमा नाली समेत निर्माण गर्ने ठेक्कामा उल्लेख छ । सबै काम २०७९ पुस भित्र संपन्न गर्नु समयावधि तोकिएको छ ।