साउन २५ पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक ६२ बर्षे पुरुषको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ती पुरुष मधुमेहका रोगीसमते रहेका थिए ।उनको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले विज्ञप्ति मार्फत जनाएको छ । पोखरा महानगरपालिका–१९ घर रहेका उनलाई साउन १९ गते अस्पताल भर्ना गरिएको थियो ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार त्यस अस्पतालमा कोभिडबाट मृत्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ ।