कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण ,संक्रमित संख्या ८ सय ७८ पुग्यो

ताैलिहवा- कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, देखि सन्कलन गरिएका नमुना मध्ये नतिजा ९८ आउन बाकी सबैको नतिजा आएको छ । जस मध्ये ११ पोजेटिभ, ८७ नेगेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित मध्ये  २ महिला  र ९ पुरुष रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ३ मासु व्यापारि ,३ गहना व्यापारी र अन्य विभिन्न व्यवसायमा आवद्ध रहेका व्यक्ति छन् ।  यो संगै कपिलबस्तुमा संक्रमितको संख्या ८ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation