आज ६ सय ३८ जनामा कोरोना पुष्टी, नेपाल थप जोखिममा पर्दै

साउन २७ काठमाण्डौं । नेपालमा कोरोनाको जोखिम लगातार बढीरहेको छ । आज पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४ सय ६२ जनामा गरिएको परीक्षणतमा ती संक्रमितहरु फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा दिन दिनै कोरोनाको जोखिम बढीरहेको छ । उपत्यकामै बढीरहेको संक्रमणले अझ चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् ।सक्रिय संक्रमितको संख्या सात हजार २ सय १ रहेको छ ।अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ । कोरोना बाट हाल सम्म ८३ जनाको मृत्यु भईसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation