समुदाय स्तरमा काेराेना बढ्याे, मंगलबार मात्र ६ सय ३८ जना कोरोना संक्रमित थपिए

मंगलबार देशका विभिन्न ठाउँमा ६ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६ सय ३८ जना संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।
यीसहित हालसम्म १६ हजार ६ सय ६४ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा १० हजार ४ सय ६२ को पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ६२ हजार बढीको पिसिआर परीक्षण भएको छ।  मन्त्रालयका अनुसार आज कोरोनाका संक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ छन्। त्यस्तै, ८३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation