ताैलिहवामा थपिएका १८ संक्रमित मध्ये ३ जना जिल्ला अस्पतालका डाक्टर रहेकाे पुष्टी

कपिलवस्तुमा बुधवार थपिएका १८ जना मध्ये ३ जना जिल्ला अस्पतालका डाक्टर रहेकाे पुष्टी भएकाे छ भने १५ जना समुदायका रहेका छन । कपिलवस्तु जिल्ला अस्पतालबाट संकलन गरेका ९१ स्वाव संकलन गरीएको थियो । स्वास्थ्य कार्यालयका अनुसार ६० जनामा कोरोना देखिएको छैन भने १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
यो थप भए संगै जिल्लामा संक्रमितको संख्या ९०१ पुगेको छ । ९५ जना संक्रमित उपचारका क्रममा रहेका छन । उपचारमा रहेका सवै समुदायबाट संक्रमित भएका हुन । कपिलवस्तु नगरपालिकामा ७० जना कष्णनगरमा २१ जना शिवराज नगरपालिकामा ४ जना उपचारका क्रममा रहेका छन । बुधवार कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा उपचारमा रहेका १ संक्रमित सहित २ जनाको मृत्यु समेत भएको पुष्टी भएको थियो । कपिलवस्तुमा वैंकर, स्वास्थ्यकर्मी , शिक्षक विद्यार्थी, व्यापारी, सुरक्षाकर्मीमा कोरोना देखिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation