टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षका दुई जना डाक्टरलाई कोरोना संक्रमण

काठमान्डाै- टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत दुई जना डाक्टरलाई कोरोना भाइरस संक्रमण देखिएको छ। उनीरूलाई संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पिसिआर परीक्षण सुरू गरिएको छ। सबैको नतिजा आएपछि आकस्मिक कक्ष सञ्चालन गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation