काठमाडौं, साउन ३० : कोरोना भाइरसको संक्रमण बाट संक्रमितको संख्या २ करोड १० लाख नाघेको छ ।कोरोनाको महामारीले शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२१ पुगेको छ । १ करोड ३८ लाख ९८ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् ।अहिले ६४ लाख १७ हजार ५४४ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।