कपिलवस्तुमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९३५ पुग्यो

कपिलवस्तुमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार आज थप २८ जना संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ९ सय ३५ पुगेको छ । यहि साउन २५ गते बुद्धपद्धम मावि देखि संकलन गरिएको २२६ नमुना मध्ये २६ नतिजा पोजेटिभ आएको छ भने १५१ नेगेटिभ आएको छ । यस्तै ५० नतिजा प्रतीक्षामा छ । यस्तै आजै कपिलवस्तु अस्पतालका थप १ जना र शुद्धोधन गाउपालिकाको १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation