कोरोना संक्रमणबाट कपिलवस्तुका थप एकको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितको मृत्यु भएको छ। विगत ३ दिनदेखि अस्पतालमा उपचाररत् मायादेवी गाउँपालिका वडा नं. ७ कपिलवस्तुका ४० वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले कोरोनाको आशंकामा तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका पुरूषको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।
अस्पतालमा आउँदा नै श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा राखेर उपचार गराइरहेका उनको तीनपटक स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको डा. थापाले जानकारी दिए।पिसिआर मेसिनबाट दुई पटक गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ती पुरूषको शनिबार बिहान जीन एक्सपर्ट मेसिनमार्फत् गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. थापाले जानकारी दिए। यस संगै कपिलवस्तुमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या दुइ पुगेकाे छ । यसअघि बुटवलको कोरोना बिशेष अस्पतालमा कोरोनाको कारण कपिलबस्तुको तौलिहवाका ४२ बर्षिय पुरुषको मृत्यु भएको थियो । सोही दिन मृत्यु भएका अर्का २५ बर्षिय पुरुषको भने पिसिआर रिर्पोट नेगेटिभ आएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation