काठमान्डाै- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेपछि बस्ने बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ। गत शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले ६ सदस्यीय कार्यदल बनाएको थियो। महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्।
कार्यदलको कार्यादेशका लागि सचिवालय बैठक बस्नुपर्ने माग सचिवालय सदस्यहरूले गरेपछि बैठक बोलाइएको हो।नेकपाको सचिवालय बैठक यसअघि साउन ३ गते बसेको थियो।
याे पनि पढ्नुहाेस
कार्यदलले पार लगाउला त नेकपा विवाद ? कति विश्वस्त छन् नेताहरु ?