सिमेन्ट ढुवानी गर्ने ट्रकभित्र ३५ बोरा अवैध मल बरामद

तौलिहवा–जीतपुर सडक खण्ड अन्तर्गत बाणगंगा नगरपालिकाको ओदारीमा सिमेन्ट बोकेको ट्रकमा ३५ बारो अवैध मल बरामद गरिएको छ। तौलिहवाबाट चार नम्बर तर्फ जादै गरेको ना ६ ख ३०९२ नम्बरको ट्रकमा ३५ बोरा अवैध भारतीय युरिया मल बरामद गरिएको हो। भारतमा उत्पादन भएको भिरा नामक युरिया मल बरामद गरिएको हो।  

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले चेकजाँच गर्नेक्रममा सिमेन्ट बोकेको ट्रकमा सो मल बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए। सो ट्रकले शिवराज नगरपालिकाको बिरपुरस्थित बिनायक सिमेन्ट उद्योबाट सिमेन्ट बोकेर चितवनका लागि हिडेको थियो। ट्रकले सदरमुकाम तौलिहवामा तस्करी गरी ल्याइएको सो मल लोड गरी जीतपुरको बाटो हुँदै चितवन तर्फ लागेको थियो।  

‘प्रहरीको टोलीले नियमित चेकजाँच गर्दा ट्रकभित्र सिमेन्ट र ३५ बोरा भारतीय मल बरामद भएको हो’ प्रहरी नायब उपरिक्षक अधिकारीले भने। पक्राउ गरिएको ट्रक चालकसहित मल समेत सुठौली भन्सार चलान गरिएको उनले बताए। पक्राउ गरिएको ट्रकसहितका मलको ३८ लाख मूल्य कायम गरिएको सुठौल्ी भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले बताए।  

कृषकहरुहरु मलको लागि छटपटाई रहेका बेला जिल्लामा भने भारतीय मलको तस्करी मौलाएको छ। सरकारी अनुदानको मल नपाएपछि केही कृषकहरुले भारतमा गई जोखिम मोलेर मल ल्याउने गरेका छन्। तर खुला नाकाको फाईदा उठाउदै तस्करहरुले रातिको सयममा मोटरसाइकल र साइकलको माध्यममा मल भित्र्याउने  गरेको श्रोतले बताएको छ।  

९३ किलोमिटरको खुला सीमाका कारण तस्करहरुले रातारात भारतीय मल भित्र्याउने गरेका छन्। उता नाकाबाट भित्रिने भारतीय आलु, प्याज, चामल, गहुँ लगाएतका सामानभित्र समेत मल ल्याइने गरेका छन्। सिमेन्टभित्र मल फेला परेकोले पनि जिल्लामा ठूलो मात्रामा मलको तस्कारी हुने गरको दाबी गरिएको छ। सुरक्षा निकायले कृषकहरुले भारतबाट जोखिम मोलेर एक दुई बोरा मल ल्याउदा कडाई गरे पनि तस्कारहरुले ल्याउने मल भने फत्राउ गर्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation