ताैलिहवा- कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका वाड न २ का ५० वार्षिय शिव पुजन कोहारको मृत्यु भएको भएको छ । भदौ ५ गते उनलाई उपचारको लागि बुटवल लगिएको थियो । उपचार कै क्रममा बुधबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । उनी लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी थिए । यस संगै कपिलवस्तुमा कोरोनाबाट ३ जनाको मृत्यु भाइसकेको छ ।