सांसद शाह कांग्रेसको केन्द्रीय सदस्यमा नियुक्त

कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निवार्चित सांसद अभिषेकप्रताप शाह प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् ।

सभापति शेरबहादुर देउवाले उनलाई आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन्। शाह कपिलवस्तुबाट प्रतिनिधिसभामा निवार्चित सांसद हुन् । उनी तेस्रो पटक लगातार संघीय सांसद छन् ।

कपिलवस्तुका लोकप्रिय जनप्रतिनिधिका रुपमा परिचित शाहले संसदमा समसामयिक विषयमा बेला बेला आवाज समेत उठाउँदै आएका छन् ।

शाह यसअघि उपेन्द्र यादवको संघीय समाजवादी फोरममा उपमहासचिव थिए । बीचमा कांग्रेस प्रवेश गरेका उनलाई देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation