कपिलवस्तु नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलवस्तु, २० फागुन

कपिलवस्तु नगरपालिकामा दाेश्राे नगर स्तारिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । कपिलवस्तु नगरपालिकाको आयोजनामा बुद्ध पद्य स्कुलको फिल्डमा रनिङ शिल्ड सुरु भएको हो । मंगलबार देखी सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २० विद्यालयहरुको सहभागिता रहको छ । विद्यालय स्तरमा रहेका प्रतिभालाई खेल मार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागी गराउने गरी प्रतियोगिता आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका समाजिक विकास अधिकृत पदमराज श्रेष्ठले जानकारी दिएका छन ।

एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गर्दै  भारतका लागि पुर्व राजदुत दिपकुमार उपाध्ययले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको उल्लेख गरे । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले नगरपालिकाले युवाहरुलाई कुलत बाट बचाउन यस्ले महात्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र खेलकुदलाई पनि महात्वपुर्ण स्थान दिन नगरपालिका संग अनुरोध गरेका थिए ।

खेलकुदले अनुशासनको विकास गराउने भएकाले यसलाई पढाइसँगसँगै अघि बढाइनुपर्नेमा नगरपालिका प्रमुख किरण सिंहले जोड दिएका छन । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३  कृर्याकलापहरू हुनेगरी तालिका बनाइएको आयोजकले जनाएको छ । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको अयोजकले जनाएको छ । यस्तै ४ बाई १ सय रिले दौड, ४ बाई ४ सय रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, शट फुट लगायतका प्रतियोगिताहरु हुने छ् । यसैगरी भलिबल, कबड्डी लगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन हुनेछन् । उद्घाटनको अवसरमा विद्यार्थीहरुले खेलकुद विभिन्न प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation