पहिरोमा स्कारपियो र मोटरसाइकल पुरिए, एकको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा सवारीसाधन पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । 
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा.९७प  ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो । पहिरोले पुरिँदा जिपमा सवार चालकछेवैको सिटमा बसेका एकजना पुरुषको मृत्यु भएको हो ।
मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।  मोटरसाइकलमा सवार दुईजना भने घाइते भएकाले उनीहरुलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation