प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

काठमाडौं, फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण टोलीको नेतृत्व गरेका प्रा.डा. प्रेम ज्ञवालीले पनि प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालेको बताएका छन् । “उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलालो पनि काम गर्न सुरु गरिसकेको छ । र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइनेछ,” उनले भने ।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने भान्जी समीक्षाको पनि स्थिति सामान्य छ । प्रधानमन्त्री ओलीको मिगौृला प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. ज्ञवाली, प्रा.डा. अनन्तकुमारलगायतको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायतको टोली सहभागी थियो ।एनेसथेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्यलगायतको टोलीको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation