चिकित्स क्षेत्रकाे सुधारकाेलागि अनरत डा. केसीको जीवन रक्षाको माग गर्दै कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु – चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युवाहरुले धर्ना तथा प्रदर्शन गरेका छन् । डा.गोविन्द केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार बिहान ८ बजेदेखि युवाहरुले शान्तिपूर्वक धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् । 
अनशनरत डा. केसीको अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करिब २० जना युवाले सामूहिक नेतृत्व गरेका छन् । सरकारले डा. केसीको जीवन रक्षाको ग्यारेन्टी नगर्दासम्म धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत अगुवा युवा चन्द्रकान्त पोख्रेलले बताए । युवाहरुको धर्ना तथा प्रदर्शनप्रति स्थानीय विभिन्न संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation