अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले जिल्लाको शितगंगाका पहिरो पिडितकालागि राहत संकलन अभियान सुरु गरेको छ ।
अविरल वर्षा पछि शुक्रवार पहिरो जाँदा जिल्लाको शितगंगा नगरपालिकाका १२ वडाका ३० घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य १९ घर समेत विस्तापित भएको बताईएको छ ।
पिडित परिवारकालागि स्थानिय र प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको भएपनि थप सहयोग गर्ने उद्देश्यले अभियान थालिएको अभियानका संयोजक तथा जिल्ला सम्पर्क मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए ।
पिडितकालागि तत्काल आवश्यक थोरै भएपनि आर्थिक राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको अर्का अभियान्ता तथा मञ्चका सल्लाहकार मिन पोख्रेलले बताए । संकलित रकम स्थानिय सरकारसँग समन्वय गरेर एकद्धार प्रणाली मार्फत वितरण गरिने उनले बताए ।
मञ्चले अभियानमा जोडिएर पिडितको सहयोगमा हातेमालो गर्न कोरियामा रहेका सबै नेपालीसँग आग्रह गरेको छ ।
सहयोगका लागि संयोजक पन्थीको उरी बैंकको खाता नम्बर १००२२४५७३९९४०८ मा रकम जम्मा गर्न सकिने बताईएको छ ।
थप जानकारीका लागि संयोजक सुन्दर पन्थी ०१०९५१७८४०६, मिन पोख्रेल ०१०५८६२९०६८, दिपक खनाल ०१०५९२५९१५१ मा सम्पर्क गर्न सकिने उल्लेख छ । रकम जम्मा गरिसकेपछि विवरण स्लिप उपलब्ध गराईदिन मंचले आग्रह समेत गरेको छ ।











