शुद्धोधनले बालविबाह अन्त्यका अभियान संचालन गर्ने

कपिलवस्तु – बाल विवाह अन्त्यका लागि शुद्धोधन गाउंपालिकाले अभियान थाल्ने भएको छ । गाउंपालिकामा कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजना आयोजित वाल विवाह अन्त्यका लागी १ दिवसिय अन्तरकृया कार्यक्रममा गाउंपालिकाका अध्यक्ष निसार अहमद खां लगायत सरोकारवलाहरुले बाल विवाह रोक्नको लागी प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सो अवसरमा बाेल्दै गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले किशोर किशोरिहरुलाई परिचालन तथा गाउंपालिकावाट वालविवाह रोक्नका लागी विभिन्न सचेतना मुलक कार्यक्रमहरु राखेर अभियानको थालनी गरिसकेको वताएका छन् ।
सर्वपक्षिय रुपमा विभिन्न कार्यक्रममा गरेर बालविवाह रोक्नको लागी विभिन्न उप समिति र वडा स्तरमा कार्यक्रम सूरु गरेर कामहरु सूरु गरेको समेत खांले बताए । कार्यक्रममा प्रहरी नायव निरिक्षक दिपक वस्यालले वाल विवाह गर्दा हुने समस्या र कानुनि प्रावधानका बारेमा वोलेका थिए ।
कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजना र एम्पलिफाई चेन्जको सहयोगमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संयोजक अस्फाक अहमद खां, पुरोहित अर्जुन पाण्डेय, कालिका स्वावलम्वन सामाजिक केन्द्रका उपाध्यक्ष रामेन्द्र सिंह रावल,सदस्य सन्तराम अग्रहरी , शान्ता पौडेल लगायतले वाल विवाहको बारेमा बोलेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation