कपिलवस्तुमा अज्ञात समूहद्वारा निमार्ण कम्पनीका ६ गाडीमा आगजनी

फागुन २२, बिजयनगर संवादाता, 

अज्ञात समूहले बुधबार राति कपिलवस्तुको विजयनगर गाउँपालिका लोहरौलामा सडक निर्माण कम्पनीका ६ वटा गाडीमा आगजनी गरेको छ ।

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको दुई वटा जेसिभी दुई वटा स्काभेटर र दुई वटा स्कारपियोमा आगजनी भएको हो । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथि अज्ञात समूहद्वारा आगजनी भएको प्रहरीले जनाएको छ ।

आगो किन र कसले लगाएको हो, भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीका प्रहरी घटनास्थल पुगेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation