हुलाकी सडकको ठेकेदार कम्पनीको ६ वटा गाडी आग्जनीमा बिप्लव समुहको संलग्ता

बिजयनगर संवाददाता, फागुन २२

कपिलवस्तुको हुलाकी सडक निर्माणका ठेकेदार कम्पनी शर्मा एण्ड शर्मा कम्पनीको ६ वटा गाडी अाग्जनीमा  नेत्र विक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा संलग्ता रहेको पाइएको छ ।   बुधवार मध्यरातमा गाडीमा आग्जनी भएको स्थलमा बिप्लव समुहको पर्चा फेला परेकोले उक्त समुहको संलग्ता रहेको खुल्न अाएको हो ।  खडा गरी राखिएको २ वटा स्काभेटर, २ वटा जेसिबी र २ वटा पिकअप भ्यानमा आगजनी गरिएको छ । घटना स्थल नेकपाका अति प्रभावित क्षेत्र हो । कपिलवस्तुको शिवराज नगरपालिका १ तुरुन्तपुरमा १ वटा स्काभेटर, विजयनगर गाउँपालिका २ लोहरौलामा २ जेसिबी र २ वटा महेन्द्रा पिकअपे गाडीमा आगो लगाइैएको थियो । ना १ क ९०६९, बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च ५२५० नम्वरको जिप र से १ क ७०, बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हो ।


आग्जनी भएका उक्त सामग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधनमाथी आगजनी भएको हो । आगलागीबाट जेसिभि, स्काभेटर र स्कारपियो विपकअप पुर्णरुपर्मा क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताए । राती सडक बनाउन बस्ने कामदारको कोठामा बाहिराबाट चुकल बन्द गरेर गाडीमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिए । घटना स्थलबाट फेला परेको पर्चामा शर्मा एण्ड शर्मा कम्पनीमाथी बिभिन्न पाच आरोपहरु लगाईएको छ । सिआईडि गरेको, गुणस्तरहीन काम गरेको, गुन्डागर्दी शैलीमा काम गरेर लट मच्चाएको आरोप लगाईएको छ । घटनकोे अनुसन्धान र आग्जनी गर्ने समुहको खोजी भईरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation