मापसे गरेर महिलालाई घर लैजाने प्रस्ताव, नमानेपछि कुटपिट

स्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। 
सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो। 
प्रहरीले आज बिहान पौने ७ बजे वडा नं. १ स्थित टेलिकम कम्पाउन्डनजिक बालमन्दिरमा एक महिला घाइते अवस्थामा रहेको सूचना  पाएको थियो।
ती महिला सोही ठाउँकी ३५ वर्षीया मनकुमारी नेपाली थिइन्। उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा उनलाई डाक्टरहरूले बिहान सात बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 
घटनाको अनुसन्धान गर्दा उनीमाथि आइतबार साँझ ७ बजे परियारले कुटपिट गरी फरार भएको खुलेको थियो।
ती महिलालाई परियारले घर लान खोज्दा दुई जनाबीच झडप भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
‘उनीहरू दुई जना चिनजानका त होइनन्। तर दुबै जनाले मापसे गरेको देखियो,’ बोगटीले भने, ‘त्यही क्रममा महिलालाई घर लैजान खोज्दा झडप भएछ, कुटपिट गरेर भागेछ।’
उनीमाथि अनुसन्धान गर्न प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ। 
प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार अदालतले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation