शुद्धोधनको शिक्षा नियमावली बदर गर्न माग सर्बोच्चमा रिट दायर

कपिलवस्तु– जिल्लाको शुद्धोधन गाउँपालिकाको शिक्षा नियामावली बदर गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर भएको छ
पालिकाको शिक्षा नियमावली शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०७५ संग बाँझिएकोले पालिकाको शिक्षा नियमालवी खारेजीको माग गर्दै मंगलबार सर्बोच्च अदालतमा रिट दायर गरिएको हो । शुद्धोधन गाउपालिका वडा न. ६मा स्थित कालीमाई प्राबिका बिधालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रिका गडेरीया र वडा न.५ बस्ने नूर मोहम्मद मुसलमानले शिक्षा नियमावलीको खारेजिको माग गर्दै नेपालको संबिधानको धारा १३३ (१), (२) र(३) बमोजिम सर्बोच्च अदालतमा रिट दर्ता गराएका छन ।
जनप्रतिनिधीहरुले संबिधान, शिक्षा ऐन, संघीय शिक्षा नियामावली विपरित आफु अनुकुल काम गर्न गराउन वडाअक्ष्यक्षहरु नै बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरि पालिकाको शिक्षा नियमावली पारित गरेको भन्दै सो को खारेजीको माग गर्दै सर्बोच्च अदालतमा पालिका बिरुद्ध मुद्दा दायर गरिएको नुर मोहम्मद मुसलमानले बताए । नेपालको शिक्षा ऐन २०२८ (संसोधन सहित) को दफा १२ बिद्यालय व्यवस्थापन समिति ः (१) सामुदायिक बिधालयको संचालन, रेखदेख र व्यवस्थापन गर्नको लागी प्रत्येक बिद्यालयमा देहायका सदस्यहरु रहेको एक बिद्यालय व्यवस्थापन समिति रहने छः( (क) अभिभावकहरुले आफुहरु मध्ये छानी पठाएको दुई जना महिला सहित ४ जना – सदस्य, (ख) बिद्यालय रहेको गाउपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिको सदस्यहरु मध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य( सदस्य, (ग) बिद्यालयका संस्थापक, स्थानीय बुद्धजीवि, शिक्षा प्रेमी, बिद्यालयलाई निरन्तर १० बर्षदेखी सहयोग गर्ने वा बिधालयलाई दश लाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेको ब्यक्तीहरु मध्येबाट बिद्यालय बिद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुईजना (सदस्य, (घ) बिधालयका शिक्षकले आफुहरु मध्येबाट छानी पठाएको एकजना –सदस्य, (ङ) बिधालयको प्रधानाध्यापक( सदस्य सचिव हुने व्यवस्था छ । उपदफा २ (क) बिधालय व्यवस्थापन समितिका सदस्यहरुले उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमको सदस्यहरु मध्येबाट छानेको सदस्य सो समितिको अध्यक्ष हुनेछ भन्ने व्यस्था छ । त्यसै गरी शिक्षा नियमावली, २०६९ (२०७७ साल जेष्ठ मसान्त सम्म भएको संसोधन समेत मिलाइएको) नियम २४ अभिभावक राखन नहुने ः बिधालयले बिद्यार्थीका बाबु,आमा, दाजु, भाई, दिदि, बहिनी, बाजे बज्यै वा बिधार्थीको पालन पोषण गर्ने र पठन पाठनको व्यवस्था मिलाउने ब्यक्ती बाहेक अभिभावक राख्नु हुदैन । तर व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरु छनौट गर्ने प्रयोजनको लागी बिद्यार्थीका बाबु, आमा, बाजे वा बज्यै अभिभाव मानिने छ भन्ने व्यस्था छ । तर शुद्धोधन गाउपालिकाले भने शिक्षा ऐन २०७५ र शिक्षा नियमावली २०७५ पारित गरि बिद्यालय रहेको वडाको वडा अध्यक्ष सोतह बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पाउने व्यवस्था गरिएको छ । पालिकाले पारित गरेको नियमावलीमा सम्बन्धित वडाको वडा अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष हुने र यदि कार्यव्यस्तताको कारण देखाई वडा अध्यक्ष, अध्यक्ष पदमा बस्न नचाहेमा निर्वाचित अभिभावक भएको वडा सदस्य मध्येबाट अध्यक्षले तोकेको व्यक्ति अध्यक्ष हुनेछ भने व्यवस्था गरेको छ । जुन शिक्षा ऐन, २०२८ (संसोधन सहित) को दफा १२ को बिपरित रहेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताए ।
उनले बिद्यालय व्यवस्थापन समितिमा अध्यक्ष हुनको लागी सोहि बिद्यालयमा अभिभावक भएमा उसको छोराछोरी बिद्यालयमा अध्ययन गर्ने भएको हुँदा उनीहरुले बिद्यालयको व्यवस्थापकीय पक्ष प्रति बढी जिम्मेवार हुने भएकोले अभिभावक बाटै व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने परिकल्पना शिक्षा ऐनले गरेको बताए ।
जन प्रतिनिधीहरुले बिद्यार्थीहरुको हक हित भन्दा पनि आफ्नो नजिकको मान्छेहरुलाई करार, अस्थायी, राहतकोटा र रिक्त दरबन्दीमा शिक्षक तथा अन्य कर्मचारीहरुको भर्ना गर्न वडाका सबै बिद्यालयहरुको व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि शिक्षा नियमावली जारी गरेकोले पालिकाले जारी गरेको शिक्षा नियमावलीको खारेजीको माग गर्दै आफुहरुले रिट दायर गरेको कालीमाई प्राबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गडेरीयाले बताए ।
बिभिन्न सिफारिस, बिकास निमार्णका कार्यहरुको अनुगमन, तालिम, गोष्ठी, बैठकको लागि पालिका र जिल्ला सदरमुकाम धाउन व्यवस्था हुने वडा अध्यक्षहरु वडा भित्र रहेका १०—१५ वटा बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भई जिम्मेवारी कसरी निबार्ह गर्न सक्छन सोच्नु पर्ने विषय रहेको शिक्षाविद्धहरु बताउछन् । पालिकाको प्रत्येक वडाहरुमा मावि, प्रावि, निमावी गरि १० देखी १५ वटा बिद्यालयहरु छन् तर बिभिन्न काममा व्यवस्था वडा अध्इक्षहरु बिद्यालय व्यस्थापन समिति अध्यक्षको पनि जिम्मेवारी सम्लान खोज्दा महिनौ दिन सम्म पनि आफु अध्यक्ष रहेको बिद्यालयमा उपस्थित हुन् नसकेको एक शिक्षकले बताए् । उनले् भने, ‘हामीले भन्न केही मिल्दैन आफु अध्यक्ष भएको बिद्यालयमा वडा अध्यक्षहरुको महिनौ बित्दा समेत पुग्ने फुर्सद छैन् जस्ले गर्दा बिद्यालयको व्यवस्थापकिय पक्ष लथालिंग भएको छ ।
वडा अध्यक्षहरुको पालिकाको शिक्षा नियमावलीको दुरुपयोग गरि बिद्यालयमा खालि हुने दरबन्दीहरु, राहतकोटा र निजिक्षेत्रमा आफ्नो नजिकको मान्छे, नातेदारहरुलाई गैर कानूनी तरिकाले शिक्षक पदमा भर्ना गर्ने गरेको स्थानियलेहरुले आरोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation