एडिस प्रहार भएकी महिला गम्भिर

उज्यालो पोष्ट संबाददाता
महाराजगंज, २५ फागुन
कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंज चोकमा एसिड प्रहारबाट घाईते भएकी एक महिलाको अवस्था गम्भिर रहेको छ । शुक्रवार साझ ८ वजे महाराजगंज नगरपालिका वस्ने बेदमती देवी गुप्तालाई छिमेकी हरिनारायण बरईले एसिड प्रहार गरेका थिए । बच्चाहरु बिच क्रिकेट व्याड भाचिएको विषयमा भनाभन पछि विवाद चर्किदा बरईले गुप्तालाई एसिड प्रहार गरेका   थिए । ब्याट्री मर्मत गर्ने पसल राखेका बरईले झगडा पछि आफनै पसलमा रहेको ब्याट्रीको तेजाब गुप्ता माथी खन्याएका थिए । घाईते गुप्तालाई उपचारका लागी तौलिहवा अस्पतालमा ल्याईए पनि त्यहा उनको उपचार हुन नसके पछि थप उपचारका लागी युनिर्भसल मेडिकल कलेज भैरहवा पुर्याईएको छ । अनुहार, मुख र शरिरमा एसिडले पोलेको छ । उपचारका लागी भैरहवा पुर्याईएकी एसिड प्रहार भएकी गुप्ता बोल्न नसक्ने गम्भिर अवस्थामा रहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए । एसीड प्रहार गर्ने वरईलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्धा चलाईएको नायब उपरिक्षक मल्लले स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation