युरिया मलको अभावले कपिलवस्तुमा गँहु छर्न ढिलाई

कोरोना महामारीको मार खेपेका कृषकले मलको पनि अभाव खेप्नुपरेको छ । कपिलवस्तुमा धान काटेर गहुँ छर्ने बेलामा पनि युरिया मलको अभाव भएको छ । धानमा समेत हल्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा पनि नपाएपछि कपिलवस्तुका किसान चिन्तित बनेका छन ।
कपिलवस्तु राजपुरका कृषक धुब्र यादवले मल नपाएर गंँहु छर्न ढिलाई भएको बताउनु भयो । यादव भन्छन “धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको छ ।”
त्यस्तै शिजराज नगरपालिका खरेन्द्रपुरका तुल्सीराम यादवले मल नपाएर गँहु छर्न नपाएको बताउनु भयो । सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको कपिलवस्तुका कृषकहरुको आरोप छ ।
कृषि कार्यालय कपिलवस्तु तौलिहवाका बासुदेव पौडेलले जिल्लामा डिएपी युरिया मल अभाव भएको स्वीकार्दै साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको बताउनुभयो । कोरोना महामारीका कारण मल आउन ढिलाई भएको पौडेलले जानकारी दिनु भयो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले मल आभाव भएकोले कृषि मन्त्रालयले खरिद गर्ने प्रक्रिया बढाएको बताउनु भयो । उहाले भन्नुभयो “ बन्दरगहामा मल रोकीएकोले यस्तै अवस्था रह्यो भने मल आउन ढिलाई होला जस्तो छ ।” अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रजिअ पौडेलले आग्रह गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation