तापक्रम निरन्तर घट्दै : हिजोभन्दा आज चिसो बढ्यो

केही दिनयता काठमाण्डौ उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ ।आज बिहान पनि काठमाण्डौ उपत्यकाको तापक्रम जाडो सुरु भएयताकै कम ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो । अस्ति शुक्रबार १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।राति आकाशमा बादल नलागेकाले न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । देशका अरु ठाउँमा पनि न्यूनतम तापक्रम घट्दै गएको उहाँले बताउनुभयो । यसैबीच आज प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् सापकोटाले बताउनुभयो । तर चर्को घाम भने लाग्ने छैन । आज राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने उहाँले बताउनुभयो ।भोलिको मौसम पनि यस्तै रहने र पर्सि भने पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सापकोटाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation