भुमिकास्थानको सलिनधारामा घरको बार्दली बाट लड्दा एक युवकको मृ’त्यु

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -७ सलिनधारा ओली टोलका एक युवकको बार्दली बाट लड्दा मृ’त्यु भएको छ।
मृ’त्यु हुनेमा सलिनधारा निवासी भुवन ओलीका ३५ बर्षिय छोरा राम बहादुर ओली रहेका छन्। ओलीको गय राति करिव १ / २ बजेको समयमा एक्कासि बार्दली बाट लड्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागी सन्धिखर्क ल्याउदै गर्दा बाटोमै मृ’त्यु भएको वडा अध्यक्ष तारा मल्लले जानकारी दिनुभएको छ।मृतक राम बहादुरका घरमा एक ७ बर्षिय छोरा र ४ बर्षिय छोरा रहेको खबर प्राप्त भएको छ। ओलीको आज नै अन्तिम दाहसंस्कार गरिएको घरपरिवारले जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation