अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६८२ पुग्यो

अर्घाखाँचीमा हिँजो १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका भित्रका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ६ सय ८२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानाकारी दिनुभयो ।यस्तै हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ सय १९ पुगेको छ ।
अब जिल्लामा सक्रिय सक्रमित संख्या ५२ रहेक छन भने कोरोना बाट मृत्यु हुनेको संख्या ११ पुगेको समेत खनालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation